आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

याे सरकार कानमा तेल हालेर बसेको छ : बाबुराम भट्टराई

याे सरकार कानमा तेल हालेर बसेको छ : बाबुराम भट्टराई

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 7.5K
    SHARES

  • याे सरकार कानमा तेल हालेर बसेको छ : बाबुराम भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चीनबाट ल्याएर सीमाना मै रोकिएका नेपाली व्यापारीहरुको सामान नेपाल भित्र्याउन सरकारले पहल नगरेको आरोप लगाएका छन्।

    नेपाल र चीनको सीमामा २० अर्ब बढीको नेपाली व्यापारीको सामान ६ महिनादेखि अलपत्र परेको भन्दै बाबुराम आक्रोसित भएका हुन्। लामो समय सीमानामा नै सामान रोकिँदा व्यापारीलाई हुने नोक्सानी सरकारले मूल्यांकन नै नगरेको उनको भनाई छ। उनले त सरकार कानमा तेल हालेर बसेको पनि बताएका छन्। 

    ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ। व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् ! रकार किन कानमा तेल हालेर बसेको हो?’ भट्टराइले ट्वीटरमा लेखेका छन्।

    छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ।व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्!सरकार किन कानमा तेल हालेर बसेको हो?

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:०५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend