आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फुटपाथ बन्द गर्ने भनेपछि बाबुरामले भाटभटेनीलाई ताेक्दै दिए दनक !

फुटपाथ बन्द गर्ने भनेपछि बाबुरामले भाटभटेनीलाई ताेक्दै दिए दनक !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 8.1K
    SHARES

  • फुटपाथ बन्द गर्ने भनेपछि बाबुरामले भाटभटेनीलाई ताेक्दै दिए दनक !

    काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले भाटभटेनीको भिडमा कोरोना नलाग्ने तर फुटपाथमा भने कोरोना लाग्ने भन्दै कडा टिप्पणी गरेका छन् ।

    काठमाडौं उपत्यकामा मेयरहरुले फूटपाथ र ठेला व्यवसाय रोक्न सकारको ध्यानाकर्षण गराएका थिए। यसबीच डा भट्टराईले फूटपाथ पसल र ठेला व्यापारलाई हटाउन नहुने तर व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    यस विषयमा बोल्दै डा भट्टराईले भनेका छन्,  ‘अनौपचारिक व्यवसाय (फूटपाथ पसल र ठेला व्यापार) हाम्रो जस्तो प्रारम्भिक शहरीकरण र औद्योगीकरण भइरहेको समाजका अभिन्न अंग हुन् । यिनलाई हटाउने हैन व्यवस्थापन गर्ने र क्रमशः अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो ।’

    नेता भट्राईले समाजिक सञ्जालमा अघि लेखेका छन्, ‘कोरोनाले धनी र गरीब भन्दैन। भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फूटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन, ‘सबैतिर मास्क लगाउँ, दुई मिटरको दूरी कायम गरौं, बेलाबेलामा साबुन पानीले हात धोऊँ, कोरोनासँगै बाँच्न सिकौं ।’

    यस विषयमा उनले थप भनेका छन्, 'यी कसका जनप्रतिनिधि हुन् ? जनताको जीविकोपार्जन र जीवन भन्दा ठूलो कथित शहरी सौन्दर्य हुने यिनको कस्तो अमानवीय दृष्टिकोण हो ? श्रमिक र विपन्न परिवारकोलागि न्यूनतम वेतन बराबरको एकीकृत सामाजिक सुरक्षाभत्तानिम्ति यी किन बोल्दैनन्रु बरू फूटपाथ पसल र ठेला व्यापार निम्ति छुट्टै ठाउँ राखौं न !'

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:०५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend