सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'नेपाल मे हिन्दी' पुस्तकको बिमोचन 

'नेपाल मे हिन्दी' पुस्तकको बिमोचन 

  • मिडिया डबली
  • सोमवार, भाद्र ४ २०८०

  • 1.7K
    SHARES

  • 'नेपाल मे हिन्दी' पुस्तकको बिमोचन 

    काठमाडौँ- काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत नेपाल–भारत पुस्तकालयमा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम आयोजना गरेको छ ।

    बीपी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ को कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले विमोचन गरेका थिए ।

    नेपालका वरिष्ठ कवि स्नेह सायमी र राजेन्द्र शलभले नेपालीबाट हिन्दीमा अनुवाद गरेको नेपाली कविता संग्रह ‘उजाले के रंग’ र श्री स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र आखाको वार्ता’ बारे छलफल भएको थियो ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दीप्ती, प्रख्यात कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा रामदयाल राकेशले आफ्नो विचार राखेका थिए ।

    प्रमुख अतिथि गिरीशचन्द्र लालले आफ्नो सम्बोधनमा नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा दुवै देशको साझा संस्कृति र भाषाको महत्वलाई प्रकाश पारेका थिए ।

    कार्यक्रममा साहित्यकार, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2023-08-21 at 12.16.42.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ११ २०८०१२:०९:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend