काठमार्डौं - प्रमुख प्रतिपक्षी दल एमाले सदनको अवरोध खुलाउन अझै तयार देखिएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ।
बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।
‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ,’ उनले भने । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र माओवादी तथा विपक्षी दलबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।
प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।
सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलको बैठक राखेका छन्। अहिलेको अवस्था हेर्दा एमालेले सभामुख घिमिरेलाई संसद्को अभिभावक नै मानेको देखिन्न ।
घिमिरेलाई अहिले पनि एमालेले आफ्नै पार्टीको कार्यकर्ता ठान्दै आएको छ । सोही कारण सभामुख घिमिरेले बोलाएको सबै बैठक निष्कर्षविहीन हुँदै आएको छ ।
सरकारमा हुँदा संसद् विघटन गर्ने, सत्ता बाहिर रहँदा संसद् चल्न नदिने एमाले रणनीतिका कारण सभामुख घिमिरे ‘पेण्डुलम’ बन्दै गएका छन् । सोही कारण सभामुखले सत्तापक्षका सांसदको विश्वाससमेत आर्जन गर्न सकिरहेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।