आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुमेरु सहकारी चलाउने विनोद र सुनिल बने करोडपति, संस्था डुब्दै

सुमेरु सहकारी चलाउने विनोद र सुनिल बने करोडपति, संस्था डुब्दै

  • मिडिया डबली
  • बुधवार, श्रावण ३१ २०८०

  • 20.2K
    SHARES

  • सुमेरु सहकारी चलाउने विनोद र सुनिल बने करोडपति, संस्था डुब्दै

    काठमाडौं - सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ डुब्ने अवस्थामा पुगेको छ । सुमेरु सञ्चालकहरूको बदमासीकै कारण संस्था धराशायी बन्दै गएको हो ।

    सुमेरुको ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय छ। यसको शाखा कालिमाटी र भक्तपुरको गठ्ठाघरमा पनि छ । समितिका पदाधिकारीहरुले निक्षेपकर्ताहरुले डिपोजिट गरेको रकमको दुरुपयोग गरी सुमेरु सहकारीलाई डुबाउन लागिपरेका छन् ।

    सुमेरुको सचिव विनोद आचार्य र कोषाध्यक्ष सुनिल महर्जनले पाँच वर्षको कार्यकालमा विभिन्न बहाना देखाउँदै आर्थिक अनियमितता गरी अकूत सम्पत्ति जोड्न सफल भएको देखिन्छ ।

    सुमेरु सहकारीमा प्रवेश गर्नुभन्दा अगाडि दुवैको बिहान बेलुकी भात खाने पैसा समेत हुँदैन थियो। आचार्य र महर्जनले करोडौं सम्पत्ति जोड्न सफल भएका छन् ।

    पाँच वर्ष अगाडिसम्म सुमेरु ललितपुरकै प्रतिष्ठित आर्थिक कारोबार गर्ने संस्थाको रुपमा गनिन्थ्यो । तर, पाँच वर्षभित्र सचिव आचार्य र कोषाध्यक्ष महर्जनले तहसनहस बनाएको निक्षेपकर्ताहरू बताउँछन् ।

    हालको कार्यसमितिका सचिव आचार्य र कोषाध्यक्ष महर्जनको नेतृत्वमा बनेको कार्यसमितिले आफूहरुले अपचलन गरी कमाएको अकूत सम्पत्ति कानुनी रुपमा जोगाउन विवादित छवि बनाएका कृष्णप्रसाद कँडेल र रवीन्द्र चौंलागाईंको समूहलाई सुमेरु सेभिङको अवैधानिक तरिकाले विशेष साधारणसभा गरी उनीहरुलाई सुम्पिन भ्याए ।

    तर, आफ्नो स्वार्थ पूर्ति गर्न आएका कँडेल र चौंलागाईं समूहले सहकारीको भक्तपुर दुवाकोटको जग्गा विक्री र सहकारीको स्वामित्वमा रहेको विभिन्न संस्थाहरुबाट बीसौं करोड रुपैयाँ अपचलन गरी आफूखुसी चलाए ।

    सचिव आचार्यले सञ्चालक समितिका काठमाडौं ललितपुर र भक्तपुरका रैथाने नेवारहरुलाई विभिन्न प्रलोभन देखाइरहेका छन् । दाहाल, आचार्य र महर्जनले आफ्नो नजिकका मान्छे राखेर संघर्ष समिति गठन गरेका छन् ।

    असली निक्षेपकर्ताहरुले सुइँको पाएपछि स्थानीय सुन्दर महर्जनको संयोजकत्वमा अर्को संघर्ष समिति गठन भएको छ। सुमेरु लोन मेनेजर सुदीप मल्ल, सचिव विनोद आचार्यको र सञ्चालक समितिका सदस्य अनोज पौडेलको मिलेमतोमा गत माघ १८ गते लोन भनेर खाली चेक र सामान्य कागज बनाई कर्मचारीको नाममा ७० करोड रुपैयाँभन्दा बढी हिनामिना गर्दा पनि त्यसको खोजी गर्नुको सट्टा उनीहरुकै मिलेमतोमा बनाइएका समितिसँग मिलेर पैसा असुल्ने काम गरिरहेका छन् ।

    sumeru.jpg

    पाँच वर्षमै आचार्यले कसरी जोडे करोडौंको सम्पत्ति ?

    सुमेरु सेभिङमा आउँदा सामान्य अडिटरको रुपमा भित्रिएका हालका सचिव विनोद आचार्यको पाँच वर्षभित्रको सम्पत्ति अहिले हिसाव किताव गर्ने हो भने करोडौं पुग्छ ।

    उनको पनि सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल पुल्चोक, एसियन कलेज, शंकरापुर एकेडेमी र सिमचौर बहुउद्देश्यीय बचत तथा ऋण सहकारीमा करोडौंको सेयर रहेको बताइन्छ ।

    इमाडोल किष्ट अस्पतालसँगै चार आना बनेको तीन तल्ले घर, आठ आनामा बनेको साढे दुई तले घर, कुसुन्तीमा ६ आनामा बनेका आफू बस्ने घर, दुईवटा गाडी र छोरीलाई बेलायत पढ्न पठाएका छन् ।

    अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलेमतोमा गत माघ १८ गते झण्डै ७२ करोड रुपैयाँ ऋण अधिकृत सुदीप मल्लको नाममा ऋण भनी १५ करोड, सञ्चालक समितिका सदस्य अनोज पौडेलका नाममा १५ करोड, सञ्चालक समितिका सदस्य धनेन्द्र कट्टेलको नाममा ऋण भनी सामान्य काजग र खाली चेकको भरमा ५७ करोड रुपैयाँ ऋण प्रवाह गरेको देखाई सञ्चालक समितिका सदस्यहरुले आफैले चलाएको सहकारीका कर्मचारीले जानकारी गराएका छन् ।

    किर्ते डकुमेन्ट बनाउन माहिर भनेर कहलिएका बिनोद अचार्य १० बर्ष अगाडि अल्का हस्पिटलका कम्पनी सचिब थिए। हस्पिटलमा आर्थिक हिनामिना गरेपछि अध्यक्ष कुमार थापाले जावलाखेल प्रहरी उजुरी दिएपछि आचार्यलाई कोठाबाटै हतकडी लगाएर लगेका थिए। तत्कालीन सुमेरुका अध्यक्ष भरत महर्जनले उक्त हिनामिना गरेको रकम बुझाएर जवलाखेल प्रहरीबाट निकालेका थिए।

    सचिव आचार्य सुमेरु सहकारीको लगानीमा बनेको ललितपुरको मुटु मानिने जावलाखेलको तीन तले १५ करोडको घरमा बस्छन् । सुमेरुको निक्षेपकर्ताको पैसाबाट सबभन्दा मोजमस्ती गर्नेमा यिनै आचार्य पर्छन् ।

    sumeru_blank_cheque.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २८ २०८१०३:५६:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend