आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महराको प्रवक्ता पद खोसिएसँगै सुनकाण्डमा कारबाहीमा पर्ने संकेत

महराको प्रवक्ता पद खोसिएसँगै सुनकाण्डमा कारबाहीमा पर्ने संकेत

  • मिडिया डबली
  • बिहिवार, श्रावण २५ २०८०

  • 3.5K
    SHARES

  • महराको प्रवक्ता पद खोसिएसँगै सुनकाण्डमा कारबाहीमा पर्ने संकेत

    काठमाडौं - माओवादीले पार्टीको प्रवक्तामा पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

    यसअघिका प्रवक्ता कृष्णबहादुर महराको जिम्मेवारी खोसेर सापकोटालाई दिइएको हो । डेढ वर्षअघि राष्ट्रिय सम्मेलनबाट महरा उपाध्यक्षसँगै प्रवक्ताको भूमिकामा थिए ।

    तर उनले पार्टीको प्रवक्ताको जिम्मेवारी राम्रोसँग निभाउन नसकेको माओवादी नेता कार्यकर्ताकै भनाइ थियो । अहिले उनी नौ केजी सुनकाण्डमा मुछिएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन् ।

    चीनबाट विद्युतीय सिगरेट (भेप) मा लुकाएर ल्याएको सुनमा महराका तीन बाबुछोरा संलग्न रहेको सिआईबीले पत्ता लगाएको छ । उनीहरू अहिले अनुसन्धानको दायरामा छन् ।

    माओवादी प्रवक्ता सापकोटाले सुनकाण्डमा महराको संलग्नता देखिए कारबाही हुने बताएका छन् । प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दोषी प्रमाणित भए पार्टीकै नेताले पनि उन्मुक्ति नपाउने उल्लेख गरेका हुन् ।

    प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणमा राज्यको आधिकारिक निकायले अनुसन्धान गरिरहेकाले छुट्टै समिति आवश्यक नभएको दाबी गरे ।

    अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा र उनका छोरालाई अनुसन्धानमा नतान्न प्रहरीलाई निर्देशन दिएको बुझिएको छ ।

    तर एमालेले सदन अवरुद्ध गरेर सबै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको अडान राख्दै आएकाले महरामाथि बाध्य भएर छानबिन हुने र संलग्नता भेटिए कारबाहीमा पर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend