काठमाडौं - आगामी भदौ २१ देखि ललितपुरको चापागाउँस्थित प्याङगाउँ खेलमैदानमा पाँचौं वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता आयोजना हुँदैछ ।
गणेशमान सिंहको सम्झनामा गर्ने लागिएको प्रतियोगिता यो पाँचौं हो। ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको परिकल्पनाकार नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन हुन् ।
प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक कमिटीका अध्यक्ष एवं ललितपुर खेलकुद विकास समितिका सचिव विनोद महर्जनले बताए। प्रतियोगितामा प्रति केजी तौल समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार, दोस्रोलाई १५ हजार र तृतीय हुने दुईजना खेलाडीलाई जनही आ–आठ हजार प्रदान गरिने छ।
त्यस्तै, उत्कृष्ट पुरुष एकजना खेलाडीलाई २५ हजार र महिला उत्कृष्ट खेलाडीलाई र२५ हजार प्रदान गरिने छ। प्रतियोगिताको सबैभन्दा बढी स्वर्ण हासिल गर्ने प्रथन टिम च्याम्पियनलाई एक लाख, दोस्रो टिम च्याम्पियनलाई ५० हजार र तृतीय टिम च्याम्पियनलाई २५ हजार प्रदान गरिने महर्जनले जानकारी गराए।
किकबक्सिङ प्रतियोगिताको तौल समूह पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र खुल्ला तौल समूह रहेको छ। महिला तौल समूहमा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र खुल्ला तौल समूह छ। प्रतियोगिता भव्य रुपमा सफल पार्न विभिन्न समिति गठन गरिएको छ। प्रतियोगिता समारोहतर्फ संयोजकमा सुरज श्रेष्ठ, सहसंयोजकमा विशालमान श्रेष्ठ र दिपक घिमिरे छन्। रेफ्री संयोजकमा राजेन्द्र कपाली र सहसंयोजकमा महेश रन्जित छन्।
सुरक्षा संयोजकमा दयाराम महर्जन, सहसंयोजकहरुमा सुरेन्द्र कपाली, नदिम देशार र मदन महर्जन छन् । आर्थिक संयोजकमा विनोद महर्जन र सहसंयोजकमा सरोज श्रेष्ठ छन्।
अतिथि सत्कार संयोजकमा सागर चित्रकार, सहसंयोजकमा द्वारिका श्रेष्ठ, नवराज कुँवर र दिनेश घोरासाइने छन्। भोजन संयोजकमा राजेन्द्र महर्जन, सहसंयोजकमा सुनन्द महर्जन र सम्पूर्ण महर्जन छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।