आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको महिला संघमा दुई चिरा, अध्यक्षलाई नै बर्खास्त गर्न माग

कांग्रेसको महिला संघमा दुई चिरा, अध्यक्षलाई नै बर्खास्त गर्न माग

  • मिडिया डबली
  • सोमवार, श्रावण २२ २०८०

  • 9.5K
    SHARES

  • कांग्रेसको महिला संघमा दुई चिरा, अध्यक्षलाई नै बर्खास्त गर्न माग
    फाइल तस्वीर

    काठमाडौं -  नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघ दुई चिरा भएको छ । संस्थापन इतर समूहले विधानविपरित काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरेपछि फेरि विवाद बढेको हो ।

    सोमबार संघका २० केन्द्रीय सदस्यले अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी वर्तमान अध्यक्ष मिश्रले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै विरोध जनाएको हो ।

    केन्द्रीय सदस्य रिता शाहीलाई संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् ।

    ‘पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भनिन् ।

    संघकी अध्यक्ष मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, ईलाम अध्यक्ष निर्मला सन्जेल, महोत्तरी अध्यक्ष विना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरि, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएकी छन् ।

    संघकी केन्द्रीय सदस्य अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिइन् ।

    अध्यक्ष मिश्रले विधानविपरीत एकपछि अर्को जिल्ला सभापति हटाउन थालेपछि उक्त समूहका नेतृहरूलाई नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाकोमा कुरा गर्न पठाएका थिए ।

    तर पनि मिश्रको कार्यशैली नफेरिएपछि आफू निकट महिला संघका नेतृहरूलाई नेता कोइरालाले समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरले निर्देशन दिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend