आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

माधवको राजनीतिक करियर तीव्र रूपमा ओरालो लाग्दै, पार्टी ‘कोल्याप्स’ हुने खतरा

माधवको राजनीतिक करियर तीव्र रूपमा ओरालो लाग्दै, पार्टी ‘कोल्याप्स’ हुने खतरा

  • मिडिया डबली
  • सोमवार, श्रावण २२ २०८०

  • 2.3K
    SHARES

  • माधवको राजनीतिक करियर तीव्र रूपमा ओरालो लाग्दै, पार्टी ‘कोल्याप्स’ हुने खतरा

    काठमाडौं - एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार स्विटजरल्यान्ड प्रस्थान गरेका छन्।

    प्रवासी नेपाली एकता मञ्च युरोपले स्विटजरल्यान्डलगायत युरोपका विभिन्न देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

    ​ ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उड्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    उनको अनुपस्थितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ। नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ।

    १० दिनसम्म विदेशमा रहनुले कतै माधव ललिता निवासको अनुसन्धान प्रभावित पार्न त चाहिरहेका छैनन् भन्ने प्रश्न उठेको छ ।

    एकातिर प्रधानमन्त्री हुँदा गरेको नीतिगत निर्णय विवादमा आउनु र अर्कोतिर पार्टीबाट भटाभट नेता कार्यकर्ता एमालेलगायतका पार्टीमा प्रवेश गर्नुले माधवको राजनीतिक करियर ओरालोतिर तीव्र गतिमा हुइँकिँदै गएको छ । एमाले फुटेर एकीकृत समाजवादी पार्टी बनेको दुई वर्ष पुग्दै छ ।

    दुई वर्षको बीचमा एकीकृत समाजवादी पटकपटक सत्तामा पनि पुगिसकेको छ । तर, यो पार्टीको आकार भने क्रमिक रुपमा खुम्चिँदै गएको छ ।

    विभाजनका बेला साथ दिएका केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ता फेरि एमालेमा फर्किन थालेका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य शनिबार एमालेमा फर्किए ।

    उनले आफूसँगै जिल्लाका अधिकांश कार्यकर्तालाई लिएर गए । बारा, सर्लाही, तनहुँ, कास्कीलगायत २८ जिल्लाका एकीकृत समाजवादीमा लागेकाहरु अहिले एमाले फर्किसकेका छन् ।

    पार्टीमा तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, केदार न्यौपाने, भागवत विश्वास, हिरा केसीलगायत ३० भन्दा बढी केन्द्रीय नेताहरु यसअघि नै एमालेमा फर्किसकेका छन् ।

    एकीकृत समाजवादीकी सचिवसमेत रहेकी रामकुमारी झाँक्रीसहितका केही निष्किय छन् । उनी र माधव नेपालबीच बोलचाल बन्द छ । रामकुमारी एमाले फर्किने वा राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने भन्ने अझै खुल्न सकेको छैन । पार्टी विभाजनका एक हस्ती झलनाथ खनाल आफै यतिखेर पार्टीमा उत्साह नभएको र खुम्चिँदै गएको स्वीकार गर्छन् ।

    उनले चाँडै एकीकृत समाजवादी ‘कोल्याप्स’ हुने भविष्यवाणीसमेत गरिसकेका छन् । खनालले जस्तै अन्य नेताहरुले पनि पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति प्रश्न उठाउने गरेका छन् । पार्टी गठनको दुई वर्षसम्म पनि एकीकृत समाजवादीले महाधिवेशनको सुरसार गरेको छैन भने संगठन विस्तार अभियान चलाउन पनि सकेको छैन ।

    त्यसमाथि गठबन्धनको नाममा सधैं सत्तामा रहिरहने मात्रै योजना बनाउँदा पार्टीप्रतिको आकर्षण घटिरहेको पार्टीकै नेताहरुको बुझाइ छ ।

    माओवादी अध्यक्ष प्रचण्डलाई बोकेर हिँडेको भन्दै माधव नेपालको आलोचना हुन थालेको छ । कुनै समय नेपालको राजनीतिका किङ मेकर मानिने माधवको राजनीतिक करियर यसरी ओरालो लागेको छ कि उनले थेग्न सक्ने अवस्था नरहेको विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend