आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपा विवाद : ओलीले धोती फुस्काइदिएपछि प्रचण्ड माधव नेपालको शरणमा

नेकपा विवाद : ओलीले धोती फुस्काइदिएपछि प्रचण्ड माधव नेपालको शरणमा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 14.7K
    SHARES

  • नेकपा विवाद : ओलीले धोती फुस्काइदिएपछि प्रचण्ड माधव नेपालको शरणमा

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ। केही मत्थर भएको नेकपाका दुई अध्यक्षहरु प्रधानमन्त्रीसमेत रहेको केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवाद पछिल्लो पटक ओलीले पार्टीमा छलफल नै नगरी राजदूत सिफारिस गरेपछि बढेको हो।

    त्यसयता पार्टी एकतालाई अन्तिम रुप दिन भनेर ओली र प्रचण्ड पटक पटक छलफलमा बसेर असोज अन्तिमसम्म टुंग्याउने सहमति भए पनि त्यो पुरा हुने छाँट देखिँदैन। त्यसो त मन्त्रिपरिषद पुनर्गठन गर्नेगरी विवाद मिलाए पनि ओलीले प्रचण्डले हटाउन चाहेका मन्त्रीहरुलाई नहटाउने र खाली भएको ठाउँमा मात्रै परिपूर्ति गर्ने अडान राखिरहेका छन्। यसमा पनि सहमति जुटेको छैन।

    अब कुरा गरौँ नेकपामा आफ्नो छुट्टै गुट स्थापीत गरेका शक्तिशाली माधव कुमार नेपालको। उनीसँग अहिले पूर्व माओवादी एमालेमा बिलय गराएका प्रचण्ड नजिक हुन खोज्दै छन्। पछिल्लो समय कर्णाली प्रदेश सरकारमा तत्कालीन एमालेका सांसदले तत्कालीन माओवादीविरुद्ध घेराबन्दि गरेपछि नेता नेपालसँग प्रचण्ड शरण माग्न पुगेका छन्। सोमबार बिहान खुमलटारमा प्रचण्डले आफ्नो पक्षका केही नेता र माधवकुमार नेपालसहित उनी पक्षका नेताहरुसँग छलफल गरे। छलफलमा प्रचण्डले माधवलाई भनेका थिए, ‘ओलीको ज्याजती बढि भयो कसरी जाने भन्नुस्। मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव कसरी फिर्ता लिन लगाउने हो?’

    जवाफमा वरिष्ठ नेता नेपालले भने, ‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ज्याजती पनि बढि नै छ सच्चिनुपर्छ। अविश्वासको प्रस्ताव पनि फिर्ता हुनुपर्छ।’ माधव नेपालको ढाडस पाएका प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगे। वालुवार पुगेर प्रचण्डले अविश्वासको प्रस्ताव फिर्ता लिन दबाब दिन आग्रह गरे। ‘अविश्वासको प्रस्ताव पार्टी एकता भाँड्ने खेल भयो। हामीले के सम्झौता गरेका थियौँ सम्झनुस् त,’ प्रचण्डले ओलीलाई भने।

    ओलीले प्रचण्डलाई के जवाफ फर्काए भन्ने अहिलेसम्म बाहिर आएको छैन। उता प्रचण्डका नजिकका मुख्यमन्त्री शाहीले भने ओली निकटका नेता गुलाबजंग शाह तथा कर्णाली प्रदेश सरकारमा नेकपाका सचेतकलाई निलम्बन गरिसकेका छन्। शाह शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेता हुन्। शाहलाई हटाएर शाहीले आफू निकटकी शान्ति नेपालीलाई नियुक्त गरिसकेका छन्।

    नेपालीले यस अघिका सचेतक शाहले बोलाएको संसदीय समितिको बैठक खारेज गरेर कात्तिक ७ गतेलाई बैठक बोलाइसकेकी छन्। यस पनि प्रचण्ड र ओलीको विवाद केन्द्रमा मात्रै होइन प्रदेश हुँदै वडा वडामा पुग्ने पक्का छ। उता मुख्यमन्त्रीले हटाएका गुलाबजंग भने अविश्वासको प्रस्ताव लगेरै छोड्ने, मुख्यमन्त्रीलाई पनि हटाएरै छोड्ने अभिव्यक्ति दिइरहेका छन्। केपी ओलीले यस विषयमा मौनता देखाउँदा प्रचण्डलाई थप आपत् आइलागेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend