काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एक जनाले मात्रै पार्टीलाई केही गर्न नसक्ने टिप्पणी गरेका छन् । केही दिनअघि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको विवादमा ओलीले अलग-अलग जानुपर्ने प्रस्ताव गरेका थिए ।
माधव नेपालले ओलीलाई संकेत गर्दै एक जनाले मात्रै पार्टी फुटाउन नसक्ने टिप्पणी गरेको अनुमान गरिएको छ । शुक्रबार पार्टी कार्यालयम धुम्बराहीमा बसेको बैठकपछि पत्रकारहरुसँग बोल्दै नेता नेपालले एक जनाले मात्रै पार्टी फुटाउन नसक्ने बताएका हुन् ।
उनले नेकपा कमजोर जगमा उभिएको पार्टी नभएका बताएका छन् । नेता नेपालले भने, 'यो कमजोर जगमा उभिएको पार्टी होइन। कमजोर जगमा सुरु भएको पार्टी पनि होइन। बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो। कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैनु।'
उनले नेकपा सबैले अत्यन्तै ठूलो त्याग, तपस्या र बलिदानबाट बनेको पार्टी भएको बताए। 'पार्टी फोड्ने भनेर सोच्ने कुरा अपराध होु, उनले भने, ुआजसम्म पार्टीभित्रका जति पनि समस्याहरु छन्, त्यो हामी बैठकमा बसेरै, छलफल गरेरै समाधान गर्दै आएका छौं। त्योभन्दा बाहिरबाट कहिल्यै पनि हामीले समाधान निकालेका छैनौं। सबै समस्याको समाधान पार्टी कमिटीको बैठकमा निकालिनुपर्छ। छलफल गर्नुपर्छ।'
उनले छलफल, बहस, विवादहरुबाट नै आफूहरु कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध बनाएर लिएर जाने, पार्टीलाई कसरी सही विचार, सही नीति, सही पद्धतिको आधारमा अगाडि बढाएर लिएर जाने भन्ने कुरामा एकताबद्ध भएर जाने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।