काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् । कुनै पनि व्यक्तिले म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने त्यस्ता व्याक्तिको पतन निश्चित रहेको उनले भनेका हुन् ।
शुक्रबार एक कार्यक्रममा ओलीप्रति लक्षित गर्दै अरुको औचित्य नै नदेख्ने, आफूबाहेक अरु कसैलाई स्वीकार नगर्ने र म नै राज्य हुँ भन्ने अहंकार लिने व्याक्ति पतन निश्चित छ उनले भनेका छन् ।
यसबाहेक उनले नेकपा कुनै पनि हालतमा नफुट्ने घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘यदि कसैले पार्टी फुटाउँछु भनेर लाग्छ भने पार्टी कुनै पनि हालतमा फुट्दैन बरु त्यस्तो व्यक्ति चोइटिएर जान सक्छ।’
उनले सामूहिक निर्णयको आधारमा निर्णय गर्ने र सबैले त्यसको पालना गर्ने हो भने पार्टी जीवन्त हुने बताए। उनले पार्टीको सामूहिक निर्णयको विधि कसैले मान्दिन भन्न नपाउनेसमेत बताए। उनले संगठनलाई सहजरुपले अघि बढाउन विधिको पालना अत्यावश्यक भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।