काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको समुहभित्र नै सरकारबाट फिर्ता गर्ने पार्टीगत निर्णय गर्ने नगर्नेबारे विवाद भएको छ ।
एउटा पक्षले ओलीलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीबाट निर्णय गरेर जाने मत राखेको छ भने अर्को पक्षले अर्ली महाधिवेशनमा जाने गरी सहमति निकाल्नुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई सरकारबाट फिर्ता बोलाउन अब बस्ने स्थायी कमिटी बैठकबाट निर्णय गरेर जानुपर्ने पक्षमा उभिएका छन् ।
१३ साउनमा बस्ने स्थायी कमिटि बैठकबाट नै निर्णय गरेर जानुपर्ने पक्षमा माधव नेपाल भएको बुझिएको छ । नेपालकै दबाबमा प्रचण्ड पनि राजीनामाको पक्षमा अगाडि बढेको चर्चा नेकपाभित्र छ ।
टकरावमा भन्दा सहमतिमा जाने गरी अर्ली महाधिवेशनबाट कुरा मिलान दुवै पक्षका केही नेताहरु सक्रिय भएका थिए । जसमध्ये जर्नादन शर्मा, शंकर पोखरेल, योगेश भट्टराई, घनश्याम भुषाल लगायत दोस्रो पुस्ताका नेताहरु थिए ।
उनीहरुको पहलमा सहमतिको बिन्दु अर्ली महाधिवेशन हुनसक्ने गरी अवस्था सृजना गरेपनि फेरि कुरा बिग्रिएको छ ।
माधव नेपाल ओलीविरुद्ध प्रचण्डभन्दा पनि कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । यसले नेकपाभित्र अब ओली र नेपालबीच झन् टकराव पेचिलो हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।