काठमाडौँ- काठमाडौंमा सम्पन्न पहिलो 'हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जितेको छ ।
फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो । विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ ।
रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए ।
उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।
प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।
हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।