आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 1.6K
    SHARES

  • एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

    काठमाडौँ- एन आई सी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

    बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्। यस बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल भएको छ।

    साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुर्याउन बैंक सफल भएको छ। बैंकका अनुसार यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.६५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ।

    साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४०.२२ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रयमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ। बैंकले आ.व. २०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

    यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

    एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५९ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १७ २०८०१०:३७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend