काठमाडौं - एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेर चर्चामा आएका कांग्रेस सांसद सुनिल शर्मा ओशो तपोवनमा भेटिएका छन् ।
दुवै मन्त्रीले राजीनामा नदिए कपन बाँधेर संसद् प्रवेश गर्ने र अनशन बस्ने चेतावनी दिएका शर्मा रानीवनस्थित ओशो तपोवनमा ध्यान गर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको समेत नाम जोडिएपछि सम्पर्कविहीन बनेका शर्मा कांग्रेसका अर्का नेता सुवास पोखरेलसहित तपोवनमा भेटिएका हुन् । उनी केही दिनसम्म त्यही विपश्यनामा बस्ने बुझिएको छ ।
माओवादी नेता पुन र शर्माबीच हार्दिक सम्बन्ध छ । पुनको नाम पनि जोडिएपछि शर्मा अनशन बस्ने कुरा सेलाएको छ ।
विराटनगरमा नोबेल मेडिकल कलेज र सिनामंगलमा केएमसी अस्पताल चलाउँदै आएका शर्मा स्वास्थ्य बिमाको रकम सरकारले नदिएपछि अर्थमन्त्रीसँग आगो भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।