आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुइतिहाईको सरकार कोरोना माहामारीका बेला संवेदनशील भएन : महत

दुइतिहाईको सरकार कोरोना माहामारीका बेला संवेदनशील भएन : महत

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 4.3K
    SHARES

  • दुइतिहाईको सरकार कोरोना माहामारीका बेला संवेदनशील भएन : महत

    काठमाडौँ- नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दुइतिहाईको सरकार कोरोना माहामारीका बेला संवेदनशील नभएकाे बताएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएकाे बैठकमा बाेल्दै डा. महतले यस्ताे बताएका हुन् ।

    नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले कोरोना महामारीको नियन्त्रणका लागि आवश्यक मापदण्ड आपनाउदै आर्थिक सामाजिक जीवन सहज गर्न र आर्थिक गतिविधि बढाउने काममा लाग्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    समितिले शुक्रबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेकाे थियाे । पत्रकार सम्मेलनमा डा. महतले भने, 'देशको आर्थिक, सामाजिक, शैक्षिक लगायतका समम्पूणर् क्षेत्रहरु तहसनहस छन्, नागरिकले अब के गर्ने भन्ने अन्योलमा छन्, गरीखाने मजदुर बर्ग अझै ठूलो समस्यामा परेको छ तर यो सरकारसँग कुनै पनि प्रभावकारी र नागरिकलाई राहात दिने खालको कार्यक्रम नै छैन ।'

    'सरकारले यस्तो अवस्थामा लकडाउन खोलेको घोषणा गरेको छकि संक्रमित नागरिकहरु दिनदिनै थपिएका छन्, यस्तो अवस्थामा जनतामा झनै त्रास बढिरहेको छ, त्यसैले नागरिकको जनजीविकालाई सहज गर्दै देशका हरेक क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक राहत प्याकेज ल्याओस र जनतालाई सहज अवस्था प्रदान गरोस् ।' डा. महतले भने । उनले काेराेना भाइरसकाे नियन्त्रणका लागि एक्यवद्धभइ काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

    यस्तो छ विज्ञप्ती:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ६ २०७७०७:४६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend