सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोशी प्रदेशमा नयाँ सरकार कि मध्यावधि निर्वाचन ? आज टुंगो लाग्दै

कोशी प्रदेशमा नयाँ सरकार कि मध्यावधि निर्वाचन ? आज टुंगो लाग्दै

  • मिडिया डबली
  • मंगलवार, श्रावण १६ २०८०

  • 2.5K
    SHARES

  • कोशी प्रदेशमा नयाँ सरकार कि मध्यावधि निर्वाचन ? आज टुंगो लाग्दै

    काठमाडौं - कोशी प्रदेशमा नयाँ सरकार गठन हुने कि मध्यावधि निर्वाचन हुने भन्ने आज टुंगो लाग्ने भएको छ ।

    कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमंत्रीमा नियुक्तिका लागि दाबी हुन नसके धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने प्रक्रिया सुरु हुने छ ।

    कोशी प्रदेश सभाको अंकगणितका कारण सजिलै सरकार बन्न सक्ने स्थिति छैन । विभिन्न दलहरु बीच वार्ता र संवाद भइरहे पनि ठोस निष्कर्ष आइसकेको छैन ।

    ९३ सदस्यीय कोशीमा एमाले ४०, नेपाली कांग्रेस २९, माओवादी १२, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादी पार्टीको एकजना गरी ९२ जना र सभामुख रहेका छन् ।

    कोशीमा सरकार गठनको दाबीका लागि ४७ जना सांसद आवश्यक रहेकोमा दुबै गठबन्धनमा ४६–४६ जना मात्र छन् ।

    सोही कारण सरकार गठनमा सकस देखिएको हो । सर्वोच्च अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गरिसक्न परमादेश दिएकाले प्रदेश प्रमुखको कार्यालयले संविधानका धारा १६८ को उपधारा २ वा ३ बाट सरकार गठन गरिसक्ने तयारीसमेत गरेको छ ।

    कांग्रेस–माओवादी गठबन्धन सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठन गर्ने तयारीमा छन् ।

    पहिलो कार्यकाल कांग्रेसका उद्धव थापा र दोस्रो कार्यकाल माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने भित्री सहमति भएको बुझिएको छ ।

    यदि कांग्रेस–माओवादी गठबन्धनले सरकार बनाउन दाबी प्रस्तुत गर्न नसके एमालेले अल्पमतको सरकार बनाउने छ । तर, एक महिनामै एमाले सरकार ढल्ने र मध्यावधि निर्वाचनको दिशामा राजनीति जाने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ६ २०८१०९:३४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend