सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोशीमा फेरि एमाले नेतृत्वमा सरकार कि मध्यावधि निर्वाचन ? छिनोफानो हुँदै

कोशीमा फेरि एमाले नेतृत्वमा सरकार कि मध्यावधि निर्वाचन ? छिनोफानो हुँदै

  • मिडिया डबली
  • आइतवार, श्रावण ७ २०८०

  • 3.2K
    SHARES

  • कोशीमा फेरि एमाले नेतृत्वमा सरकार कि मध्यावधि निर्वाचन ? छिनोफानो हुँदै

    काठमाडौं - कोशी प्रदेश सरकारको वैधानिकतामाथि सर्वोच्च अदालतमा आइतबारदेखि बहस सुरु हुँदैछ ।

    कोशी सरकार गठन अस‌ंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशनअनुसार आजदेखि बहस हुन लागेको हो ।

    निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् ।

    जसअनुसार प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेस गरेपछि सर्वोच्चमा आजदेखि निरन्तर सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

    सर्वोच्चले साउन १० सम्म कोशी सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिइसकेको छ । त्यसैले एमालेले वर्तमान थापा नेतृत्वको सरकार खारेज हुने र आफ्नो नेतृत्वमा सरकार बन्ने आशमा छ ।

    तर राजनीतिक विश्लेषकहरू सर्वोच्चले मुख्यमन्त्री थापालाई तत्काल विश्वासको मत लिन लगाउन आदेश दिने सम्भावना रहेको बताउँछन् । यदि सर्वोच्चले सोही किसिमको आदेश दिएमा सभामुख गौतमले पदबाट राजीनामा दिएर कोशी सरकारलाई जोगाउने नेताहरूको भनाइ छ ।

    एमाले नेताहरू भने आफ्नो नेतृत्वमा सरकार बन्ने, नभए मध्यावधि निर्वाचन हुने बताउँछन् । बहुमत नपुगेपछि सभामुख गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमाले सर्वोच्च पुगेको हो ।

    निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आ–आफनो तर्फबाट बहस गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ६ २०८१०९:३४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend