सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोशी प्रदेश

कोशीमा नयाँ सरकार बनाउन रस्साकस्सी, मध्यावधिमा जान बाबुरामको सुझाव

कोशीमा नयाँ सरकार बनाउन रस्साकस्सी, मध्यावधिमा जान बाबुरामको सुझाव

  • मिडिया डबली
  • आइतवार, श्रावण १४ २०८०

  • 1.8K
    SHARES

  • कोशीमा नयाँ सरकार बनाउन रस्साकस्सी, मध्यावधिमा जान बाबुरामको सुझाव

    काठमाडौं - कोशी प्रदेशमा नयाँ सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको छ ।

    प्रदेश प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।

    सोही कारण कोशीमा कसको नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने चासो देखिएको छ । कांग्रेस–माओवादी गठन उद्धव थापाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न लागिपरेका छन् ।

    त्यसका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाइने भित्री तयारी छ । सम्भवतः सोमबार दिउँसोसम्म गौतमले सभामुख पदबाट राजीनामा दिए नयाँ सरकार गठन हुने छ । यदि नभएमा एमालेले अल्पमतको सरकार बनाउने भएको छ ।

    नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधि निर्वाचनमा जानु पर्ने बताएका छन् ।

    कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

    अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाउनलाई अर्थपूर्ण मानिएको छ ।

    उनी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । समाजवादी मोर्चामा आफूलाई नसमेटेपछि बाबुराम प्रचण्डसँग टाढिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ६ २०८१०९:३४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend