काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी पुनः सत्याग्रहमा बस्ने भएका छन् ।
यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमति कार्यान्वयन गर्न भन्दै उनले १४ दिनको समयसीमा दिएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए ।
‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौं ।’
केसीले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् । पछिल्लो पटक डा। केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।