काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उखु किसानलाई भुक्तानी दिलाउन नसकेपछि काठमाडौंको माइतीघरमा आन्दोलन भइरहेका बेला चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी समेत मैदानमा उत्रिने भएका छन् ।
उखु किसानको जारी आन्दोलन र मागप्रति ऐक्यबद्धता जनाउन शनिबार मध्याह्न डा. केसी माइतीघर मण्डला जाने भएका छन् ।
चिनी मिललाई उखु बिक्री गरेको पैसा नपाएको, सरकारले दिएको अनुदान उद्योगले खाएको र २०७१ सालदेखिको बक्यौता नउठेको र गत वर्ष भएको सहमति अनुसार समयमै भुक्तानी नपाएको भन्दै उखु किसान केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।
यसअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत शुक्रवार माइतीघर मण्डला पुगेर उखु किसानमा मागप्रति ऐक्यबद्धता जनाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।