काठमाडौं - डा.गोविन्द केसीको अनसन आइतबार बिहानदेखि सकिएको छ । २८आंै दिनमा केसीले अनसन तोडेका हुन् । शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वार्ता भाँडेका थिए ।
त्यसपछि शनिबार दिनभर वार्ता भएन । आइतबारदेखि नेपाल चिकित्सक संघले कडा आन्दोलन सुरु गर्ने चेतावनी दिइसकेको थियो । त्यसैले शनिबार मध्यराति नै केसीको अनसन तोडाउन धेरै ठूलो खेल भएको बुझिएको छ ।
शुक्रबारसम्म डा.केसी डा.दिव्यासिंह शाहको नियुक्ति विधि र सहमति विपरीत छ, तसर्थ बदर हुनैपर्छ भनेर अडानमा थिए । तर शनिबार मध्यराति प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाह आफैं शिक्षण अस्पताल पुगेर केसीलाई भेटेर आफ्नो नियुक्ति थमौती हुने गरी सहमति गर्न लगाएको रहस्य खुलेको छ ।
त्यसैले केसी र सरकारबीच भएको सहमतिको बुँदामा डा.शाहको नियुक्तिबारे केही उल्लेख छैन । डा.दिव्यासिंह सुरुमा केसीकी कट्टर समर्थक हुन् ।
तर, जब उनलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो निजी चिकित्सक नियुक्त गरे, त्यसपछि नै केसीबाट टाढा भएकी हुन् । विभिन्न जालझेल र षड्यन्त्र गरेर भए पनि यसपटक उनले केसीको १९औं सत्याग्रह तोडाउन सफल भएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।