काठमाडौं - हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ ।
यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ । भाटभटेनी हेल्थ क्लब भेन्यू पार्टनर रहेको प्रतियोगिताका सबै खेल चाबहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् ।
उक्त प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।
फेयरप्ले टिमलाई ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार निर्धारण हुँदा उत्कृष्ट प्लेयर र गोल किपरलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।
नेपालमा फुटसलको क्रेज बढिरहँदा विभिन्न ठाउँमा छरिएका खेलप्रेमी युवाहरूमाझ भाइचाराको सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए ।
मध्य पूर्वको देश मलेशियालाई लक्षित गरेर स्थापित भएको यो क्लब नेपालमा हालै दर्ता भएको हो । क्लबले पहिलो चरणमा नै यो प्रकारको ठूलो प्रतियोगिता गरेर आफूलाई काठमाडौंमा स्थापित स्पोर्ट्स क्लबको रूपमा उभ्याउने लक्ष्य राखेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।