पाकिस्तानमा एउटा इस्लामिक पार्टीको र्यालीमा गराईएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
घटनामा सयभन्दा बढी घाइते भएको र ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बजुर जिल्लामा पाकिस्तानको जमियत उलेमा–ए–इस्लाम फजल दलले निकालेको र्यालीमा बिस्फोट भएको हो । सो जिल्ला अफ्गानिस्तानसँग सीमा जोडिएको जिल्ला हो ।
बिस्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएकोे छ । बिस्फोटको समय नेताहरुको भाषण सुन्न भेला भएका मानिसहरुमा भागदौड मच्चिएको थियो । प्रारम्भिक अनुसन्धानबाट सो बिस्फोट आत्मघाती भएको खुलेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ सहित अन्य नेताहरूले बिस्फोटको निन्दा गरेका छन् । बिस्फोटका कारण दर्जनौ सवारीसाधन ध्वस्त भएका छन् । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।