आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कतै नभएको जात्रा देखाउने सुनिल शर्माको दशा बिग्रियो, विद्यार्थी संगठनले साइजमा ल्याउने

कतै नभएको जात्रा देखाउने सुनिल शर्माको दशा बिग्रियो, विद्यार्थी संगठनले साइजमा ल्याउने

  • मिडिया डबली
  • सोमवार, पौष २६ २०७८

  • 7.2K
    SHARES

  • कतै नभएको जात्रा देखाउने सुनिल शर्माको दशा बिग्रियो, विद्यार्थी संगठनले साइजमा ल्याउने

    काठमाडौं - सात विद्यार्थी संगठन नोबेल मेडिकल कलेज सञ्चालक सुनिल शर्माविरुद्ध आन्दोलित भएका छन् ।

    अनेरास्ववियुको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सोमबार बसेको सात विद्यार्थी संगठनको संयुक्त बैठकले कलेजका अध्यक्ष शर्मालाई पक्राउ गर्न माग गरेको हो । उक्त निर्णय गरेको हो ।

    आइतबार विराटनगरस्थित नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले सुरक्षा गार्ड लगाएर दमन गरेको थियो ।

    विद्यार्थी संगठनका नेताहरूले हिजो कलेजमा भाडाका गुन्डाहरु समेत प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरुले आक्रमणमा संलग्न र उनीहरुलाई प्रयोग गरी आक्रमण गराउने कलेज सञ्चालक शर्मालाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

    नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस बीएमडी र बीएनएस का २०२१ ब्याचका विद्यार्थीहरुबाट गैरकानुनी रुपमा बढी शुल्क लिएको विद्यार्थी संगठनको आरोप छ । तीनवटै कलेज शर्माले नै सञ्चालन गरेका हुन् ।

    Nc1111.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २१ २०८००१:१५:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend