काठमाडौं - टिभी प्रस्तोतासँग लभ अफेयर चलेका चीनका विदेशमन्त्री छिन काङ बर्खास्त भएका छन् ।
एक महिनायता सार्वजनिक जीवनमा नदेखिएका उनलाई मंगलवार बर्खास्त गरिएको हो । गाङलाई पदबाट हटाएर वाङ यीलाई विदेशमन्त्री नियुक्त गरिएको छ ।
वाङ सन् २०१८ देखि २०२२ सम्म विदेशमन्त्री थिए । चीनका राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल सुरु हुँदा वाङ यीलाई सुरक्षा मामिलाको जिम्मेवारी दिइएको थियो ।
चीनका विदेशमन्त्री सार्वजनिक दृश्यबाट हराउनु र अहिले आएर उनको बर्खास्तीलाई चर्चित टिभी प्रस्तोता फु सियाओटियनसँगको अफेयरलाई जोडेर हेरिएको छ ।
विशेष गरी ताइवान र हङकङका प्रेसमा छिन गाङ र फुको सम्बन्धका समाचारले महत्व पाएका छन् । विदेशमन्त्री सार्वजनिक रूपमा नदेखेएपछि समाजिक सञ्जालमा छिन र फुको अन्तर्वार्ताका केही क्लिप भाइरल भएका थिए, जहाँ उनीहरू एकअर्कालाई ‘स्नेहपूर्ण जिस्काइरहेको’ देखिन्छ ।
त्यस समय छिन वासिङ्टन डिसीमा चीनका लागि अमेरिकी राजदूतको जिम्मेवारी निभाइरहेका थिए । फु सियाओटियन चिनियाँ फिनिस्क टिभीमा चर्चित अन्तर्वार्ता सो ‘टक विथ वल्र्ड लिडर्स’की प्रस्तोता र कार्यक्रम निर्माता हुन् ।
क्याम्ब्रिज विश्वविद्यालय पढेकी फु चिनियाँ टेलिभिजनमा सबैभन्दा प्रख्यात व्यक्तित्वमध्ये एक हुन् । उनले विभिन्न समय उच्च सरकारी अधिकारीहरूसँग अन्तर्वार्ता लिइसकेकी छन् ।
छिन हराएकै समयको आसपासबाट ४० वर्षकी फु सार्वजनिक रूपमा देखिएकी छैनन् । यसले पनि दुईबीचको सम्बन्धको विदेशमन्त्रीको बर्खास्तीमा हात रहेको आशंका गरिएको हो ।
सार्वजनिक मञ्चबाट बेपत्ता हुनुअघि आफ्नो अन्तिम सामाजिक सञ्जाल पोस्टमा फुले हवाईजहाजको फोटो, छिनसँगको अन्तर्वार्ताको स्क्रिनसट र आफ्नो छोरासँगको फोटो सेयर गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।