आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध महिलाको उजुरी

इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध महिलाको उजुरी

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 3.7K
    SHARES

  • इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध महिलाको उजुरी

    काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ६५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिरहेका महिला व्यवसायी शान्ता बुढाथोकीले बैंकविरुद्ध राष्ट्रिय महिला आयोगको कार्यालयलगायतमा उजुरी दर्ता गरेकी छन् ।

    ताकिन्जो इन्डस्ट्रिज प्रालि(डाइमी ट्रेडिङ प्रालि, हामीनिट इन्डस्ट्रिजलगायतका कम्पनीको सञ्चालक रहेकी बुढाथोकीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालविरुद्ध अभद्र व्यवहारसमेतको उजुरी दिएकी हुन् ।

    नायब सिइओ शर्मा ढकालले आफूलाई अन्याय गरेकाले पक्राउ गरी आवश्यक कारबाही गर्न बुढाथोकीले उजुरीमा माग गरेकी छन् ।

    सो बैंकबाट करिब ६५ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको र नेपाल इन्भेस्टमेन्ट बैंकबाट पहिलोपटक ८ करोड ७८ लाख ९५ हजार रुपैयाँको सामान निर्यात गर्ने प्रयोजनका लागि र सोपश्चात् ४ करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनार्थ ऋण स्वीकृत भएको बुढाथोकीले जानकारी दिइन् ।

    सो ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको प्रक्रियामा रहेका कारणबाट कर्जा प्रवाह नभएको पनि उनले बताइन् । उल्लिखित दुवै बैंकहरू एक आपसमा मर्ज भएपश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर आएपछि भेट गर्दा शर्माले सम्पर्कमा रहिरहन भनेको पनि उनले बताइन् ।

    शर्माको विश्वासमा परी गत २९ चैतको दिउँसो २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा कर्जा अब स्वीकृत हुँदै छ र त्यसका लागि मैले भनेको काम गर्नुपर्ने भनी अभद्र व्यवहार गरेको आरोप पनि उनले लगाइन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ३ २०८००७:१८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend