इस्लामावाद - विश्वमा बेरोजगारीको अवस्थाबारे सार्वजनिक एक प्रतिवेदनले पाकिस्तानमा बेरोजगारी दर तीव्ररुपमा वृद्धि भएको देखाएको छ। पाकिस्तानमा बेरोजगारीको स्थितिको विश्वव्यापी सूचीमा २४ औं स्थानमा राखेको छ। पाकिस्तानमा बेरोजगारी दर ६.५ प्रतिशत पुगेको छ।
सूची अनुसार विश्वमा सबैभन्दा बढी बेरोजगारी नाइजेरियामा रहेको छ। जहाँ बेरोजगारी दर ३३.३ प्रतिशत रहेको छ। यस्तै अवस्था दक्षिण अफ्रिकामा पनि देखिएको छ, जुन ३२.९% बेरोजगारी दरसहित दोस्रो स्थानमा छ।
बोस्निया र हर्जगोभिनाको बेरोजगारी दर २९.२८% छ। तुलनात्मक रूपमा उच्च दर भएका अन्यमध्ये इराक १५.५५% दर र अफगानिस्तान १३.३% छन्। बेलायतमा बेरोजगारी दर ३.८% छ भने संयुक्त राज्य अमेरिकामा ३.७% छ।
चीन र क्यानडामा बेरोजगारी दर ५.२% रेकर्ड गरिएको थियो। बंगलादेश ४.७% को बेरोजगारी दरसहित ३४ औं स्थानमा छ। खाडी मुलुक कतारमा भने निकै कम ०.१ % सहित सबैभन्दा कम बेरोजगारी दर रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।