ब्राजिलका अधिकारीहरुले फुटबल स्टार नेयमारलाई ३३ लाख डलर जरिवाना गरेका छन्।
दक्षिणपूर्वी ब्राजिलको समुद्री किनारमा महल बनाउने क्रममा वातावरणसम्बन्धी नियम मिचेको भन्दै उनलाई जरिवाना गरिएको हो।
उनले विलासी महल बनाउने क्रममा स्वच्छ पानीको मुहान तथा ढुंगाबालुवा सम्बन्धी नियम मिचेको अधिकारीहरुको भनाइ छ।
ब्राजिलको दक्षिण किनारमा अवस्थित मंगरातिबामा उनको घर छ। सोही सहरमा महल बनाउँदा कृत्रिम ताल बनाउने क्रममा उनले नियम उल्लंंघन गरेको बताइएको छ।
जरिवानाका अलावा यो विषयलाई स्थानीय सरकारी वकिल, प्रहरी र वातावरण संरक्षण कार्यालयले जाँच गर्ने पनि जनाइएको छ। -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।