आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 1.5K
    SHARES

  • बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध
    फाइल तस्बिर

    काठमाडौं - बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।

    बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जानकारी दिएको छ।

    कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध रहेको जानकारी दिएको हो ।

    यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध रहेको छ।

    एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेको पनि सडक विभागले गरेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जानकारी दिएको छ।

    आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जानकारी दिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:०४:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend