आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राप्रपाले साथ नदिए कोसीमा कांग्रेस सरकार ३० दिनमै ढल्ने, देउवा र लिङ्देनबीच के भो कुराकानी ?

राप्रपाले साथ नदिए कोसीमा कांग्रेस सरकार ३० दिनमै ढल्ने, देउवा र लिङ्देनबीच के भो कुराकानी ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 4.0K
    SHARES

  • राप्रपाले साथ नदिए कोसीमा कांग्रेस सरकार ३० दिनमै ढल्ने, देउवा र लिङ्देनबीच के भो कुराकानी ?

    काठमाडौं - कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार बनाउन बिहीबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

    ९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि ४७ सिट आवश्यक हुन्छ । एमालेको ४०, कांग्रेसको २९, माओवादीको १२, एकीकृत समाजवादीको चार र जसपाको एक सिट छ ।

    एमाले र राप्रपासँग ४६ र सत्ता गठबन्धसँग पनि ४६ सिट नै छ । सत्ता गठबन्धनलाई सरकार निर्माण गर्न राप्रपाको सहयोग अनिवार्य छ । तर निर्णायक शक्ति राप्रपाले भने कुनै निर्णय गरेको छैन ।

    राप्रपालाई सरकारमा सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    सोमबार सत्ता गठबन्धनको बैठक बस्नुअघि देउवा र लिङ्देनबीच कुराकानी भएको धुम्बाराही स्रोतले जानकारी दिएको छ ।

    लिङ्देनले राप्रपा निर्णायक शक्ति भएका कारण सरकार बाहिरै रहेर सहयोग गर्ने, आलोपालो सरकारको नेतृत्वलगायत विकल्पका लागि तयार रहेको बताएका थिए ।

    मध्यावधि चुनावको पनि सम्भावना रहेका कारण कांग्रेस र एमालेको भूमिकालाई हेरेर राप्रपाले ठोस निर्णय लिने राप्रपाको तयारी छ । स्रोतका अनुसार देउवाले पहिले कांग्रेस नेतृत्वमा सरकार बनाउने र पछि राप्रपालाई दिने प्रस्ताव गरेका थिए । यस विषयमा लिङ्देनले पछि निर्णय लिने जवाफ दिएका थिए ।

    यदि राप्रपाले सहयोग नगरेमा कांग्रेस नेतृत्वमा बन्ने अल्पमतको सरकार ३० दिनमै ढल्ने निश्चित छ । सत्तागठबन्धनले नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

    बिहीबार थापाले आफूलाई मुख्यमन्त्री नियु्क्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दावी पेस गर्नेछन् । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले थापालाई मुख्खान्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो ।

    अहिले कांग्रेस माओवादी गठबन्धनसँग सभामुखसहित ४७ मत छ । तर सभामुखले सरकार निर्माणमा भोट हाल्न पाउने कि नपाउने भन्ने विषय अदालतसम्म पुग्ने भएकाले राप्रपालाई साथमा लिएर अघि बढ्नुपर्ने चुनौती छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend