काठमाडाैं - गोदरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
गोदरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोडरेज इन्भर्टर एसीमा एन्टीभाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ ।
यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।
गोडरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल र अनलाइन सपिङ साईट https://cgdigital.com.np/ मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, किर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्रीपश्चात सेवा पनि प्रदान गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।