बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रदर्शनकारीसँग मिलेको आरोपमा पाकिस्तानी सेनाका सैनिक अधिकृत बर्खास्त

प्रदर्शनकारीसँग मिलेको आरोपमा पाकिस्तानी सेनाका सैनिक अधिकृत बर्खास्त

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८०

  • 1.2K
    SHARES

  • प्रदर्शनकारीसँग मिलेको आरोपमा पाकिस्तानी सेनाका सैनिक अधिकृत बर्खास्त

    पाकिस्तान - पाकिस्तानी सेनाले गत मे मा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकको प्रदर्शनका क्रममा सैनिक सम्पति जोगाउन नसकको आरोपमा तीन जना उच्च सैनिक अधिकृतलाई बर्खास्त गरेको छ ।

    भ्रष्टाचार आरोपमा पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि भड्किएको प्रदर्शनका क्रममा कराँचीलगायत शहरका सैनिक अड्डाहरुमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

    सैनिक सम्पतिको सुरक्षा गर्न नसकेको आरोपमा उनीहरुलाई बर्खास्त गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १५ जनालाई विभागीय कारबाही गरिएको र केही सैनिकका श्रीमती तथा नातेदारहरुमाथि अनुसन्धान भईरहेको पाकिस्तानी सेनाका मेजर जनरल अहमद सरिफ चौधरीले बताएको जनाएको छ ।

    उच्च सैनिक अधिकृतहरुको बर्खास्ती विरलै हुने पाकिस्तानमा यस घटनामा परेका सैनिक अधिकृतहरुको नाम पनि सार्वजनिक गरिएको छैन् ।

    खानका समर्थकहरुले सेनाको उक्साहटमा इमरान खानलाई पक्राउ गरिएको आरोप लगाउँदै सैनिक अखडाहरुमा आक्रमण गरेका थिए । सैनिक अखडाहरुमा आक्रमण गरेको आरोपमा पक्राउ परेका करीब सय जनामाथि अहिले पनि सैनिक अदालतमा सुनुवाइ र अनुसन्धान जारी रहेको जनाइएको छ ।

    एम्नेस्टि इन्टरनेशनललगायत मानव अधिकारवादी संस्थाहरुले भने गैरसैनिक नागरिकहरुलाई सैनिकले अनुसन्धान गर्नु घोर आपत्तिजनक भएको भन्दै आलोचना गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend