आन्द्र महासगारमा टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ ।
विगत पाँच दिनदेखि पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको हो । विष्फोटसँगै उक्त पनडुब्बीमा सवार सबै पाँच जना यात्रुको मृत्यु भएको पनि अमेरिकी कोस्ट गार्डले जनाएको छ ।
अमेरिकी सेनाका रियर एडमिरल जोन मागरले जहाजको पाँच भाग टाइटानिकको भग्नावशेषबाट लगभग १६ सय फिट टाढा फेला परेको जानकारी दिए।
अमेरिकी सेनाले गत आइतवार नैं पानीमुनी विष्फोटको तरंग पहिचान गरेको थियो । त्सपछि उक्त पनडुब्बीको खोजी कार्य थालिएको थियो ।
अहिले भेटिएको भग्नावशेष उक्त ‘विपत्तिजनक विस्फोट’ को आवाजसँग मेल खाएको बताईएको छ । टाइटान नाम गरेको यो पर्यटकीय पनडुब्बीमा पाकिस्तानी धनाढ्य बाबुछोरा शाहजादा र सुलेमान दाउद, ब्रिटिश अन्वेषक हमिस हार्डिङ, फ्रेन्च किर्तीमानी डाइभर एवं टाइटानिक विशेषज्ञ पउल हेन्री नार्गोलेट र पनडुब्बी कम्पनी ओसियनगेट एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत स्टकटन रस सवार थिए ।
पनडुब्बी विष्फोट भएको पुष्टी भएपनि मृत्यु भएका यात्रुहरुको शब भेटिने संभावना न्युन रहेको खोजकर्ताहरुले बताएका छन् । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।