समुद्रमा टाइटनिक पानीजहाजको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पनडुब्बीको खोजी कार्य जारी छ ।
टाइटनिकको भग्नावशेष अवलोकनका लागि पाँँच जना पर्यटकसहित एट्लान्टिक महासगारमा गएको पनडुब्बी अमेरिका र क्यानाडाको पुर्वी तटबाट बेपत्ता भएको थियो ।
खोजीका लागि अमेरिकी तटीय रक्षकहरु लागि परेतापनि हालसम्म पत्ता लाग्न सकेको छैन । सो पनडुब्बी क्यानाडाको न्यु फाउण्डल्याण्डको तटबाट बेपत्ता भएको थियो ।
खोजी प्रयासमा संलग्न बोस्टनका तट रक्षकमा कमाण्डर जोन माउगरले दुर्गम क्षेत्र त्यसमा पनि ३ हजार ९ सय मिटर पानीको गहिराईमा उक्त पनडुब्बी हुन सक्ने आँकलन गरिएतापनि खोजी कार्य निकै चुनौतीपुर्ण भएको बताएका छन् ।
खोजी कार्यका लागि दर्जनौ पानीजहाज लगाएत अन्य उपकरणहरु प्रयोग गरिएका छन् । सो पनडुब्बी गत आइतबारदेखि सम्पर्कबिहीन बनेको हो ।
बेपत्ता पनडुब्बीले आइतबार बिहान जमिनको सतह छोड्दा ९६ घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको बताइएको छ। - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।