सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

  • मिडिया डबली
  • मंगलवार, आषाढ ५ २०८०

  • 3.8K
    SHARES

  • सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

    भारतकाे सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ ।

    अविरल वर्षाका कारण धेरै नदीहरुको बहाब बढेका कारण स्थानीयलाई सचेत रहन अपील गरिएको छ । सिक्किममा पहिरो र सडक अवरुद्धका कारण ३५ सय पर्यटक फसेका छन् ।

    उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्ण रुपमा बग्दा यातायात सेवा समेत अवरुद्ध बनेको छ । सिक्किमका अधिकांश कच्ची घर र केही पक्की घरहरु बाढीले बगाएको छ ।

    सिक्किमको रामम नदीमा पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

    जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ ।

    यस्तै, भारतकै तमिलनाडुमा भारी वर्षाले जनजीवन अस्तब्यस्त बनेको छ । आइतबार रातीदेखिको भारी वर्षाका कारण चेन्नइलगायतका स्थानमा विद्यालयहरु बन्द गरिएका छन् । सडकमा पानी भरिएका कारण कतिपय स्थानमा आवतजावत नै ठप्प भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २१ २०७८११:३२:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend