पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् ।पाकिस्तानको पूर्वी क्षेत्र चकवाल जिल्लामा इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बसको ब्रेक फेल भई दुर्घटना भएको बताईएको छ ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनमा भएको मानवीय क्षतिप्रति शोक ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेका छन्। - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।