काठमाडौं- चर्चित गायक तथा गीतकार पशुपति शर्मा र गायिका शान्तिश्री परियारको आबाजमा रहेको वियोगान्त गीत ‘हाई सन्चै...’ रिलिज भएको छ।
गीतमा एकिन्द्र साराशंकरको शब्द रहेको छ भने शुनिल परियारले संगीत भरेका छन् । गीतको संगीत संयोजन पनि शुनिल परियारकै रहेको छ ।
भिडिओलाई एकिन्द्र साराशंकरले निर्देशन गरेका छन् भने चर्चित छायाँकार चक्र बहादुर बरालको छायाँकन रहेको छ ।
पछिल्लो समयमा देशमा भएको आर्थिक मन्दीको असर र त्यसबाट जनजीवनमा परेको प्रभावको कथालाई समावेश गरी निर्माण गरिएको भिडिओमा देख्न सकिन्छ । भिडिओमा ऋण तिर्न नसकेपछि आत्महत्या गर्न बाध्य युवाको पीडालाई समेटिएको छ । त्यस्तै, सहकारी समस्या, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले पाएको पीडासँगै बेरोजगारीको मारमा परेको परिवारको कथालाई भिडिओले समेटेको छ ।
भिडिओमा साराशंकरसहित अभिनेत्री बेदना राई र बालकलाकार आयुषी ढकालको दर्दनाक अभिनय रहेको छ । एकिन्द्र साराशंकरको निर्देशनमा तयार पारिएको भिडिओलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।