ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ ।
ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् ।
दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब एक सय जनालाई उद्धार गरेका छन् । तीब्र हावाका कारण उद्धारमा कठिनाई भएको भन्दै उद्धारककर्ताहरुले डुंगामा कुन कुन देशका कति थिए भन्ने पत्ता नलागेको बताएका छन् ।
दुर्घटना परेको डुंगा करीब सय फिट लामो रहेको र त्यसमा सात सय ५० जना जति शरणार्थीहरु रहेको अपुष्ट खबर पाएको पनि ग्रीसका अधिकारीहरुले बताएका छन् । उक्त डुंगा लिवियाबाट हिंडेको र इटालीतर्फ गईरहेको पनि अधिकारीहरुले बताएका छन् । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।