बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बिपरजोय समुद्री चक्रवातबाट पाकिस्तानमा ठूलो क्षति हुनसक्ने चेतावनी

बिपरजोय समुद्री चक्रवातबाट पाकिस्तानमा ठूलो क्षति हुनसक्ने चेतावनी

  • मिडिया डबली
  • बुधवार, जेठ ३१ २०८०

  • 1.4K
    SHARES

  • बिपरजोय समुद्री चक्रवातबाट पाकिस्तानमा ठूलो क्षति हुनसक्ने चेतावनी

    अरब सागरबाट उठेको समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण (एनडीएमएले) दिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चक्रवात तीब्र गतिमा पाकिस्तान र भारततर्फ अघि बढिरहेको र बिहिबारसम्ममा पाकिस्तान र भारतका तटीय क्षेत्रहरुमा ठूलै वितण्डा मच्चाउन सक्ने अनुमान एनडीएमएले गरेको हो ।

    पाकिस्तानको सिन्ध प्रान्तमा आपतकाल घोषणा गरिएको छ । सिन्धको तल्लो तटीय क्षेत्रबाट करीब ८० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्न सेना परिचालन गरिएको छ ।

    सिन्धका मूख्यमन्त्री मुराद अलि साहले तल्लो तटीय क्षेत्रमा तत्काल घर खाँली गर्न आदेश दिएको बताएका छन् । कराँचीमा पनि तटीय क्षेत्रमा घर खाँली गरेर सुरक्षित स्थानमा जान भनिएको छ । कराँचीमा बादल फाट्ने प्रकृतिको घटना हुनसक्ने चेतावनी दिइएको छ ।

    बलुचिस्तानमा पनि संकटकाल लागू गरिएको छ । पाकिस्तानभर भारी वर्षाको चेतावनी पनि दिइएको छ । प्रतिघण्टा एक सय ७० किलोमिटरसम्मको गतिमा आउने अनुमान गरिएको चक्रवातका कारण समुद्रमा ४० फिट माथिसम्म लहर उठ्ने चेतावनी दिइएको छ ।

    यता भारतमा पनि गुजरातलगायतका राज्यहरुमा चक्रवातबाट हुनसक्ने क्षति न्युनिकरण गर्न सेना परिचालन गरिएको छ । गुजरात, पश्चिम वंगाल, राजस्थान, गोवा र सिक्किमसम्म चक्रवातको प्रभाव पर्ने चेतावनी दिइएको छ । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend