उत्तरी नाइजेरियामा यात्रुबाहक डुंगा पल्टिदा कम्तिमा सय जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रस्थित क्वारा राज्यस्थित नाइजर नदीमा विवाह समारोहमा सहभागी भई फर्किएकाहरु बोकेको डुंगा पल्टिएको हो ।
घटनामा कैयौं वेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । घटना सोमबार अबेर भएको र निकै ढिला मंगलबार मात्रै थाहा भएको नाइजेरियाका अधिकारीहरुको भनाइ छ ।
डुंगा दुर्घटनाको खबर पाएलगत्तै मृतकहरुको शव खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिलेसम्म दुई वटा गाउँका एक सय ४ जना डुंगामा सवार रहेको थाहा भएको र अन्यको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।