काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । देउवाले एक सातासम्म सिंगापुरमै पेट र आँखाको उपचार गराउने छन् ।
पार्टी सभापतिको अनुपस्थितिमा कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति एवं उपप्रधानमन्त्री
ले पाएका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम सभापति देउवा स्वदेश नफर्केसम्म खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।