सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरियाको जेजु प्रान्तले माग्यो एनआरएनएको केन्द्रीय समितिमा उपाध्यक्षको कोटा

कोरियाको जेजु प्रान्तले माग्यो एनआरएनएको केन्द्रीय समितिमा उपाध्यक्षको कोटा

  • मिडिया डबली
  • मंगलवार, जेठ ३० २०८०

  • 2.3K
    SHARES

  • कोरियाको जेजु प्रान्तले माग्यो एनआरएनएको केन्द्रीय समितिमा उपाध्यक्षको कोटा

    सिओल - दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन् ।

    दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो ।

    एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई वेवास्ता गरिएकाले विधान संशोधन गरेर जेजुको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । दक्षिण कोरियामा एनआरएनएको एउटै कमिटी रहेकोमा जेजुमा रहेका नेपालीले प्रान्तीय समिति पनि गठन गरेका हुन् ।

    बैठकले दक्षिण कोरियाको सदस्यतावापत बुझाउनुपर्ने रकमको पचास प्रतिशत जेजु कार्यसमितिले खर्च गर्न पाउनुपर्ने निर्णय गरेको छ । कोरियाको सदस्यताका लागि २० हजार कोरियन बोन बुझाउनुपर्ने व्यवस्था छ ।

    जेजु प्रान्तीय समितिले क्षेत्रीय कार्यालय व्यवस्थापन र नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि सदस्यताको पचास प्रतिशत रकम आफूले खर्च गर्न पाउनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।

    जेजु प्रान्तको अधिवेशन जुन १८ मा गर्ने निर्णय भएको छ । क्षेत्रीय कार्यसमितिको निर्वाचनमा एनआरएनको सदस्यता दर्ता प्रक्रियामा भाग नलिएको भएपनि निर्वाचनमा भाग लिन पाउनुपर्ने र कार्यसमितिको उम्मेदवारले भने अनिवार्य सदस्यता दर्ता गरेको हुनुपर्ने निर्णय बैठकले गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३० २०८०११:२८:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend