उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।
उत्तरी कंगोको दिजुगु क्षेत्रको लाला भन्ने स्थानमा आन्तरिक रुपमा विस्थापित भएका मानिसहरुको बस्तीमा विद्रोहीहरुले सोमबार आक्रमण गर्दा उनीहरु मारिएका हुन् । कंगो विकासका लागि सहकार्य नामक मिलिसिया समूहले आक्रमण गरेको राष्ट्रसंघले जनाएको छ ।
नरसंहार भएको स्थानदेखि पाँच किलोमिटर मात्रै पर राष्ट्रसंघीय शान्ति सैनिकको क्याम्प समेत रहेको जनाइएको छ । लेण्डु समुदायलाई अर्को समुदाय हेमाबाट सुरक्षित गर्न आक्रमण गरेको आक्रमणकारी मिलिसियाको तर्क रहेको छ ।
आक्रमणकारीहरुले विस्थापितहरुको बस्तीमा प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गर्ने तथा घरहरुमा आगो लगाउने गरेका थिए । मृतकहरुका लाश बाटो र घर अगाडी क्षतविक्षत अवस्थामा छाडिएको राष्ट्रसंघीय शान्ति सैनिकहरुले बताएका छन् ।
कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनले उक्त नरसंहार गम्भीर अन्तर्राष्ट्रिय मानवअधिकार उल्लंघन भनेको छ । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।