इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।
मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो ।
बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए । उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोककाे घोषणा गरिएको छ । बुधबार नै मिलान क्याथेड्रलमा अन्त्यष्टि गरिने भएको छ ।
अन्त्येष्टिमा हजारौं सहभागी हुने अनुमान गरिएको छ । बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन्, भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले परिवारप्रति समवेदना प्रकट गरेका छन् । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।