काठमाडौँ- पछिल्लो समयमा चर्चामा आएकी गायिका समिक्षा अधिकारिको स्वरमा आधुनिक गीत 'रावण....' रिजिल भएको छ ।
ऋषिराम बराल (सृजन) को शब्द जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको संगित र बिशाल निरौलाको संगित संयोजन रहेको छ । ऋषिराम बराल (सृजन) कै निर्देशनमा तयार पारिएको भिडिओमा सुजन श्रेष्ठले छायांकन एवम् अमृत चापागाईको सम्पादन रहेको छ।
भिडिओमा मोडेल चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन, निरुता शाही र दिपा शाहीको अभिनय देख्न सकिन्छ। भिडिओलाई एबि मोशनको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
भिडिओमा पुरुष प्रधान समाजमा हुने नारी प्रतिको विभेद र शोषित हुनुपर्ने बाध्यतालाई चिर्न जरुरी रहेको संदेश दिन खोजिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।