युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको बताएका हुन्।
रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ । आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसको भनाई रहेको छ । युक्रेनले भने कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
युुक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको बताए। युक्रेनको निप्रो नदिमा बनाइएको एउटा ठूलो बाँध भत्केपछी यी दुई राष्ट्रबीचको आक्रमण तीब्र भएको छ । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।