काठमाडौं - एसियन क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तान र श्रीलंकामा एसिया कप प्रतियोगिता गर्ने टुंगो लगाएको छ ।
प्रतियोगितामा भारतले सबै खेल श्रीलंकामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेमा त्यो खेल पनि श्रीलंकामा नै हुनेछ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भएपछि दुई देशमा हुने टुंगो लागेको हो । आयोजनास्थलबारे एसीसीले यही हप्ताभित्र आधिकारिक घोषणा गर्ने भएको छ ।
प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने छ । नेपालले पनि एसिया कपमा पहिलोपटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ ।
नेपालले भारतसँगकाे आफ्नाे खेल श्रीलंकामा खेल्नेछ । नेपालीहरूले एसिया कपलाई व्यग्र प्रतीक्षा गरिरहेका छन् । क्रिकइन्फोका अनुसार पाकिस्तानी क्रिकेट बोर्ड (पिसीबी) ले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ ।
यसअनुसार प्रतियोगिताका १३ मध्ये चार वा पाँँचवटा खेल मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलंकामा आयोजना हुने भएको छ ।
पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो । पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।