काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला चितवन पुगेका छन्।
नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा र कोइराला शुक्रबार बिहान चितवन पुगेका हुन्।
पार्टी सभापति देउवा र नेता कोइराला शुक्रबार बिहान बुद्ध एयरको एउटै विमानबाट भरतपुर पुगेका थिए । पछिल्लो समय देउवा र कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ । कोइराला देउवाप्रति आक्रामक हुन छाडेका छन् ।
डिएलएको महाधिवेशन उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनीस्थित होटल स्टार क्यांक्वेटमा हुँदै छ । नयाँ नेतृत्व चयन गर्दै डिएलएको महाधिवेशन शनिबार सकिनेछ ।
नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्। नेतृत्वका लागि सीताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्। रावल सभापति देउवा र केसी कोइराला निकट हुन्।
महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट एक हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।